राष्ट्रियसभाः सीमा विवादबारे स्पष्ट गर्न माग गर्दै बैठक अवरुद्ध

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले नेपालले भारतको सीमा मिचेको भन्ने सम्बन्धमा नेपाल सरकारसँग जानकारी माग गर्दै बैठक अवरुद्ध गरेका छन् ।

बैठकको सुरुमै आकस्मिक समय माग गर्दै सांसद रञ्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे ।

सांसद कर्णपछि बोलेका सांसदहरू राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र तुलप्रसाद विश्वकर्माले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गरेका थिए ।

आकस्मिक समयपछि सांसदहरूले सो बारेमा सरकारलाई स्पष्ट पार्नुपर्ने माग गर्दै आसनबाट उभिएर विरोध जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =