वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले नागरिकता सम्बन्धी लिखत किर्ते कसुरमा अनुसन्धानका लागि मेयर सिंहलाई पक्राउ गर्न अनुमति दिएको हो । अदालतका तहसिलदार देवराज भट्टराईले मेयर सिंहविरुद्ध पक्राउ अनुमति जारी भएको पुष्टि गरेका छन् । उनका अनुसार अदालतले ८ जेठमै पक्राउ अनुमति दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले पनि मेयर सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत कसुरमा पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भएको जानकारी दिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =