‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’लाई श्रीकेश हेयर ओयलको साथ

काठमाडौँ । मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीले सहकार्य गरेको छ ।

सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्री नेपाली बजारमा ‘श्रीकेश’ ब्रान्डमार्फत हेयर केयर उत्पादन उपलब्ध गराउँदै आएको कम्पनी हो । कम्पनीका उत्पादनमा प्रयोग हुने तेल तथा जडीबुटीजन्य कच्चा पदार्थ कपालको सुरक्षा, पोषण र उपचारमा सहयोगी, गुणस्तरीय तथा उपयोगी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले जडीबुटीको खेती र कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै आएको उल्लेख गरेको छ । साथै जडीबुटी क्षेत्रलाई देशको प्रमुख आयस्रोतका रूपमा विकास गर्ने लक्ष्यसहित खोज, अध्ययन, अनुसन्धान तथा थप गुणस्तरीय उत्पादन विकासमा काम गरिरहेको जनाएको छ ।

सप्तऋषिका उत्पादन स्वदेशसँगै विदेशमा पनि बिक्री वितरण हुँदै आएको कम्पनीको दाबी छ ।

एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको कार्यक्रम आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुँदैछ ।

देशव्यापी रूपमा सञ्चालन हुने कार्यक्रम जेठ १० गते काठमाडौंबाट सुरु भएर जेठ १५ गते पोखरा, १६ गते बुटवल, १७ गते चितवन, १९ गते वीरगन्ज, २१ गते बिर्तामोड र २२ गते इटहरीमा आयोजना हुने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =