राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

काठमाडौँ । अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा ४२औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठको १४ देखि १७ गतेसम्म हुने भएको छ ।

उक्त प्रतियोगिताको खेल काठमाडौँको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका महासचिव कुवेर प्रकाश सिंहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुष टिम इभेन्ट्स, महिला टिम इभेन्ट्स, पुरुष सिङ्गल्स, महिला सिङ्गल्स, मेन्स डबल्स, लेडिज डबल्स, मिक्स्ड डबल्स, जुनियर ब्वाइज अन्डर १९, जुनियर गल्र्स अन्डर १९, क्याडेट ब्वाइज अन्डर १५ तथा क्याडेट गल्र्स अन्डर १५ गरी विभिन्न ११ विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।

टेबल टेनिस खेलको विकास तथा प्रवर्द्धनका लागि वार्षिक क्यालेन्डरअनुसार प्रतियोगिता आयोजना गरिएको सङ्घले जनाएको छ । करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने उक्त प्रतियोगितामा ११६ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =