इण्डोनेसियाको केन्द्रिय बैंकले बढायो ब्याजदर, ५.२५ प्रतिशत कायम

एजेन्सी । इण्डोनेसियाको केन्द्रीय बैंक बैंक इण्डोनेसियाले बुधवार आफ्नो बेन्चमार्क ब्याजदर (बीआई–रेट) मा ५० आधार विन्दुले वृद्धि गरेको छ ।

बैंकले ब्याजदर बढाएर ५.२५ प्रतिशत पुर्याएको हो, जसले विगत आठ महिनादेखि कायम स्थिर ब्याजदरको शृङ्खलालाई तोडेको छ । मे १९ र २० मा बसेको केन्द्रीय बैंकको सञ्चालक समितिको दुई दिने बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको हो ।

मध्यपूर्वमा जारी तनावका कारण सिर्जित प्रतिकूल विश्वव्यापी परिस्थितिका बीच इन्डोनेसियाली मुद्रा रुपैयाँको स्थिरता कायम गर्न ब्याजदर वृद्धि गरिएको बैंकले जनाएको छ ।

बैंककाअनुसार यो वृद्धिले सन् २०२६ र २०२७ का लागि तय गरिएको मुद्रास्फीतिको लक्षित सीमा (२.५ प्रतिशतमा १ प्रतिशत बिन्दु तलमाथि) भित्रै रहने सुनिश्चितता प्रदान गर्नेछ । ब्याजदर वृद्धिको यो निर्णय बजारको अपेक्षाभन्दा केही फरक देखिएको छ ।

सीएनबीसी इन्डोनेसियाले १५ वटा वित्तीय संस्थाहरूमा गरेको सर्वेक्षणमा ९ वटा संस्थाले २५ आधार विन्दुको वृद्धिको प्रक्षेपण गरेका थिए भने ६ वटाले ब्याजदर यथावत् रहने अनुमान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =