हुम्लामा ढुङ्गा लागेर १३ वर्षीय बालकको मृत्यु
२०८३ जेठ ६ गते

हुम्ला । अदानचुली गाउँपालिका–६ पाल्स गाउँका १३ वर्षीय हस्त भियालको ढुङ्गा लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शङ्कर खड्काका अनुसार भियाल सोमबार बेलुकी घरबाट सोही क्षेत्रको कालागाडस्थित एक पसलतर्फ जाने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका थिए ।
ढुङ्गा लागेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनालगत्तै उद्धार गरी उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पुर्याइएको भए पनि चिकित्सकले उनलाई बचाउन सकेनन् ।
घटनाबारे थप अनुसन्धानका लागि सदरमुकाम सिमकोटबाट प्रहरी निरीक्षक जङ्गबाहदुर सिंहको नेतृत्वमा प्रहरी टोली अदानचुलीतर्फ गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शव परीक्षणका लागि अदानचुली गाउँपालिकाको एम्बुलेन्समार्फत सामुदायिक अस्पताल कोल्टी लगिएको छ ।
२०८३ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








