प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई प्रश्न- ‘बार र बेन्चबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ ?’

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाइ भइरहेको छ ।

मंगलवार सिंहदरबारमा बसेको समिति बैठकमा उनी विरुद्ध परेका उजुरीहरू अध्ययनपश्चात् शर्मा संसदीय समितिमा उपस्थित भएका छन् ।

सुनुवाइमा भाग लिँदै नेपाली काँग्रेसका सांसद आनन्द ढुंगानाले न्यायालय र बारबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ भन्दै प्रश्न गरे । उनले लामो समयदेखि बेन्च (न्यायालय) र बारबीच द्वन्द्व भइरहँदा न्याय सम्पादन प्रभावित हुँदै आएको बताए ।

उनले भने ‘न्यायालय र बारबीच लामो द्वन्द्व भइरहन्छ । बार र न्यायालयको बेन्चबीच जुन द्वन्द्व छ त्यसलाई कसरी निरूपण गर्नुहुन्छ । विगतमा केही प्रधान न्यायाधीशले यो द्वन्द्व कम गर्ने प्रयास गरेपनि अहिले फेरि यो द्वन्द्व बढेको जस्तो देखिन्छ । द्वन्द्व बढ्यो भने फेरी न्याय पाउन गाह्रो हुँदो रहेछ ।’

उनले न्यायालयलाई विकासमैत्री कसरी बनाउन सकिन्छ भन्ने चासो समेत प्रश्ताविक प्रधानन्यायाधीश शर्मासमक्ष राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =