हर्क साम्पाङको प्रश्न- ‘बालेन जीले व्यवस्था नै नमानेको हो कि ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ) ले ‘प्रधानमन्त्री बालेन शाहले व्यवस्था नै नमानेको हो कि ?’ भन्ने प्रश्न गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले प्रधानमन्त्री शाहलाई यस्तो प्रश्न गरेका हुन् ।

उनले लेखेका छन् ‘बालेन जीले यो व्यवस्था नै नमानेको हो कि ? राष्ट्रपतिलाई अपमान, संसदलाई अपमान ! के हो यो ?’

नीति तथा कार्यक्रमको समयमा अनुपस्थिति रहेको, छलफलमा सहभागी नभएको र संसदीय मर्यादा र स्थितिलाई कायम राख्न नसकेको तथा जनतालाई सम्बोधन नगरेर लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको साम्पाङको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =