शिक्षा सुधार अभियानको प्रभाव: एसइई नतिजामा रामारोशन अछाममै पहिलो

काठमाडौँ । अछामको रामारोशन गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको शैक्षिक रूपान्तरण अभियानको प्रभाव यस वर्षको एसइई नतिजामा देखिएको छ ।

एसइई परीक्षाको नतिजाअनुसार रामारोशन गाउँपालिका अछाम जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएको छ । गाउँपालिकाले लगातार दोस्रो वर्ष पनि पहिलो स्थान कायम राखेको हो ।

यस वर्ष रामारोशन गाउँपालिकाबाट दुई जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । नेरामाविका विद्यार्थी मानव रावल र सरिता माविका विद्यार्थी आयुष रावलले ४–४ जिपिए प्राप्त गरेका हुन् ।

त्यस्तै, जिल्लामै तेस्रो स्थान हासिल गर्ने विद्यार्थी पनि रामारोशनकै रहेकी छन् । नेरामाविमै अध्ययनरत मानवि रावलले ३.९१ जिपिए ल्याएकी छन् ।

जिल्लाका अन्य स्थानीय तहको तुलनामा रामारोशन गाउँपालिकामा ग्रेडेड हुने विद्यार्थीको संख्या पनि बढी रहेको जनाइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले शिक्षा सुधारका लागि पालिकाले निरन्तर प्रयास गरिरहेको बताए । उनले विगतका वर्षको तुलनामा शैक्षिक नतिजामा क्रमिक सुधार हुँदै गएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 16 =