नीति तथा कार्यक्रम दिशाहीन, अर्थतन्त्रको स्पष्ट मार्गचित्र छैन: नेकपा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भूवनबहादुर सुनारले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिशाहीन रहेको टिप्पणी गरेका छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका प्रस्तुत गर्न नसकेको आरोप लगाए।

सांसद सुनारले नीति तथा कार्यक्रमले पाँच वर्षे स्पष्ट रोडम्याप दिनुपर्ने भए पनि त्यसअनुसारको दृष्टिकोण नदेखिएको बताए।

उनले भने, “सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुलुकको अर्थतन्त्र कता लैजान खोजिएको हो स्पष्ट छैन। पहिलो वर्षदेखि पाँचौँ वर्षसम्म के गर्ने भन्ने स्पष्ट खाका हुनुपर्थ्यो, त्यस्तो केही पनि देखिँदैन।”

उनका अनुसार सरकारले प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्नु सकारात्मक भए पनि नीति तथा कार्यक्रमले नागरिकमा अपेक्षित उत्साह पैदा गर्न नसकेको छ।

सुनारले नीति तथा कार्यक्रम अत्यधिक महत्वाकांक्षी नभएकोलाई सकारात्मक पक्ष माने पनि समग्र दस्तावेजले जनतामा निराशा सिर्जना गरेको टिप्पणी गरे।

उनले थपे, “यो नीति तथा कार्यक्रमले नागरिकलाई कुनै उत्साह दिन सकेको छैन। नागरिक तहसम्म पुग्ने कुनै स्पष्ट खाका देखिँदैन। त्यसैले जेठ १५ को बजेट पनि यसैको पेरिफेरीमा आउने होला।”

सांसद सुनारले प्रस्तुत नीति तथा कार्यक्रमले उत्पीडित समुदायमा समेत आशा जगाउन नसकेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =