मन्त्रिपरिषद् बैठकका निर्णयः कार्यविभाजन नियमावली स्वीकृत

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । बुधवार बिहान  सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् ।

सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको मन्त्री तिमिल्सिनाले जानकारी गराएका छन् ।

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू :

१ नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने,
२ विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने,
३ सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य माननीय सुशील खड्का, बागलुङ र माननीय योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने,
४ भूमि सम्बन्धी (एक्काईसककौ संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =