एकैदिन झन्डै एक हजार अफगान परिवार स्वदेश फिर्ता
२०८३ वैशाख ३० गते

एजेन्सी । छिमेकी मुलुकहरूबाट एकै दिन ९७८ अफगान परिवारका ५ हजार ४६ जना नागरिक स्वदेश फर्किएका छन् । सरकारी समाचार एजेन्सी बाख्तरले सोमबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ठूलो संख्यामा ती नागरिकहरू घर फर्किएका हुन् ।
प्रतिवेदनकाअनुसार स्वदेश फर्किएकामध्ये ६५३ परिवारलाई उनीहरूको सम्बन्धित गृह प्रदेशमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ । यसैगरी फर्किएका ती परिवारहरूलाई तत्कालका लागि आवश्यक पर्ने राहत स्वरूप नगद सहयोग समेत वितरण गरिएको समाचारमा उल्लेख छ ।
२०८३ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित








