एसईई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

यस वर्ष एसईई परीक्षामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो गत वर्षको तुलनामा सुधारिएको नतिजा हो ।

गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।

शिक्षा सचिव चूडामणि पौडेलका अनुसार यसपटक नतिजामा उल्लेखनीय सुधार भएको छ ।

यस वर्ष कुल २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष यो संख्या २ लाख ७१ हजार २ सय ९९ रहेको थियो ।

त्यसैगरी यस वर्ष १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् । गत वर्ष नन–ग्रेडेड हुनेको संख्या १ लाख ६७ हजार ५९७ थियो ।

यसपटक सबैभन्दा बढी २.८० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी रहेका छन् । उक्त समूहमा ९४ हजार २ सय २२ विद्यार्थी छन् ।

त्यस्तै ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =