गोदावरीका मेयरले चलाएको सरकारी गाडी दुर्घटना
२०८३ वैशाख २७ गते

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी स्कार्पियो गाडी शनिबार राति दुर्घटनामा परेको छ ।
अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमा उनले चलाएको सुपप्र०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटनामा परेको हाे ।
गाडी दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीकाअनुसार गाडी प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ । मेयर भट्ट भने सामान्य भएकोले तत्कालै आफन्तसँग घर गइसकेका छन् ।
२०८३ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित








