सोलोमन आइल्याण्डमा नयाँ प्रधानमन्त्रीका लागि मे १५ मा निर्वाचन हुने
२०८३ वैशाख २५ गते

एजेन्सी । सोलोमन आइल्याण्डका गभर्नर जनरल डेभिड टिभा कापुले नयाँ प्रधानमन्त्री चयनका लागि आगामी मे १५ तारिखमा निर्वाचन गर्ने निर्णय गरेका छन् ।
बिहीवार राष्ट्रिय संसदमा प्रधानमन्त्री जेरेमिया मानेले विरुद्ध प्रस्तुत गरिएको अविश्वासको प्रश्ताव २२ का विरुद्ध २६ मतले पारित भएपछि उनी पदमुक्त भएका थिए । निर्वाचन तालिकाअनुसार सत्तापक्ष र विपक्षी गठबन्धनका सम्भावित उम्मेदवारहरूका लागि मे ८ देखि १० सम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
त्यसपश्चात मे १५ मा बस्ने राष्ट्रिय संसदको बैठकले नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्नेछ ।
२०८३ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित








