प्रधानन्यायाधीश सिफारिसबारे नेपाल बारको औपचारिक धारणा भोलि मात्रै

काठमाडौं । नेपाल बार एसोसिएसनले संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे आफ्नो औपचारिक धारणा भोलि मात्रै सार्वजनिक गर्ने भएको छ ।

बारका अध्यक्ष डा. विजय मिश्रले पूर्वपदाधिकारीसँग छलफलपछि मात्र संस्थागत धारणा सार्वजनिक गरिने जानकारी दिएका छन् । उनले यस विषयमा छलफलका लागि भोलि बैठक बस्ने तयारी भएको पनि बताए । “यो विषयमा पूर्वपदाधिकारीहरूसँग छलफलपछि मात्र हाम्रो धारणा बाहिर ल्याउँछौं। भोलि नै बैठक बस्छौं,” अध्यक्ष मिश्रले भने ।

संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । सिफारिस भएका ६ जना योग्य न्यायाधीशमध्ये शर्मा चौथो नम्बरमा रहेको बताइएको छ ।

उक्त निर्णयमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले फरक मत राखेका थिए । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि डा. शर्मा नेपालको प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =