लिङ्देनको प्रश्न: गैरदलीय स्थानीय तह भन्ने रास्वपाले उम्मेदवार खोज्नु मिलेन कि ?
२०८३ वैशाख २४ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै स्थानीय तह निर्वाचनका लागि उम्मेदवार खोजिरहेको विषयमा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपाले विगतमा ‘गैरदलीय स्थानीय तह’ को वकालत गरे पनि अहिले भने पार्टीको तर्फबाट उम्मेदवार खोज्दै हिँड्नु विरोधाभासपूर्ण देखिएको बताएका हुन्।
‘चुनावमा गैरदलीय स्थानीय तहको कुरा गरेर झन्डै दुई तिहाइ ल्याएको पार्टीले फेरि स्थानीय तहमा चाहिँ पार्टीको तर्फबाट उम्मेदवार खोज्दै हिँड्नु अलि कुरा मिलेन कि ? कि मैले कुरा बुझिनँ ?’ उनले फेसबुकमा लेखेका छन् ।
रास्वपाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै विभिन्न तहमा आन्तरिक तयारी र सम्भावित उम्मेदवार छनोट प्रक्रिया अघि बढाइरहेको छ ।
२०८३ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








