सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैली अलोकतान्त्रिक: एमाले

काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय भन्दै आपत्ति जनाएका छन् ।

बुधबार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संसदलाई निष्क्रिय बनाएर अध्यादेशबाटै शासन चलाउने प्रयास गरेको आरोप लगाए ।

दंगालका अनुसार यदि सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटसमेत अध्यादेशमार्फत ल्याउने बाटो रोजे संसद्को औचित्य समाप्त हुने अवस्था आउनेछ । उनले यस्तो अवस्था आएमा विपक्षी दलहरू सडक आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए ।

उनले भने, “अध्यादेशबाटै शासन गर्ने सरकारको अलोकतान्त्रिक र असंसदीय शैलीप्रति हाम्रो घोर आपत्ति छ । नीति तथा कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने सदनको मुद्दा सकिन्छ, हामी सडकमा जानुपर्छ ।”

दंगालले कानून निर्माण संसदबाटै हुनुपर्नेमा जोड दिँदै सरकारलाई लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =