विपक्षी बलियो भए मात्रै सरकारले राम्रो काम गर्छः एमाले सांसद सिद्धिकी

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिद्धिकीले राज्य सञ्चालनमा जनताको माग र सरकारको आपूर्तिबीच सही तालमेल हुनुपर्नेमा जोड दिएकी छन् ।

सांसद सिद्धिकीले संसदीय व्यवस्थामा विपक्षी दलको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विपक्षी बलियो भए मात्रै सरकारका गलत काममा खबरदारी गर्न सकिने बताएकी हुन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूलाई कर्णालीको आवाज र मधेसको सवाल बन्न मन लागेको भन्दै तराईका आवाजलाई सम्बोधन गर्न चाहेको बताइन् ।

संघीयताको चर्चा गर्दै उहाँले काठमाडौंमा केन्द्रित सिंहदरबारलाई घर–घरसम्म पु¥याइएको र यसले न्याय पाउन सहज भएको दाबी गरिन् ।

संविधान संशोधनका चर्चाका बीच उनले सुन्दरताको नाममा संविधान र ऐन कानूनमा जथाभावी ‘छेडखानी’ गर्न नपाइने चेतावनी दिइन् । ‘जब विपक्ष पावरफुल हुन्छ, अनि मात्रै सरकारले राम्रो काम गर्दा सहयोग र गलत गर्दा खबरदारी गर्न सम्भव हुन्छ । सदन र सडक दुवै ठाउँमा हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौं । म मेरो देशलाई अन्तर्राष्ट्रिय जमातसँग प्रतिष्पर्धा गर्नसक्ने पावरफुल राज्य बनाउन चाहन्छु’ उनले भनिन् ।

लुम्बिनी प्रदेशको राजधानी दाङलाई थप शक्तिशाली र विकसित बनाउनुपर्नेमा उनको विशेष जोड छ । काठमाडौंले पाउने जस्तै सुविधा र शक्ति लुम्बिनी प्रदेशले पनि पाउनुपर्ने भन्दै उनले समृद्ध नेपालको परिकल्पना साकार पार्न सबै प्रदेशहरू बलियो हुनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =