नेपालको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय फोटोग्राफर सम्मेलन गर्ने घोषणा

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तले ‘राष्ट्रिय फोटो पत्रकार दिवस २०२७’ मा काठमाडौंमा अन्तर्राष्ट्रिय फोटोग्राफर सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजित ‘पर्यटन प्रवद्र्धनमा फोटो पत्रकारको भुमिका’ विषयक अन्तरक्रिया, पुरस्कार घोषणा तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष वन्तले यस्तो घोषणा गरेका हुन् ।

उक्त सम्मेलन एसियासहित विश्वभरबाट एक सय भन्दा बढी फोटो पत्रकारहरु आमन्त्रण गरिने उनको भनाइ छ ।

उनले बंगलादेशलगायत विभिन्न मुलुकका पर्यटकलाई नेपाल भित्र्र्याउन फोटो पत्रकारिता प्रभावकारी माध्यम बन्नसक्ने उल्लेख गर्दै एशियाली देशका फोटो पत्रकारलाई नेपालमा ल्याएर पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने योजना रहेको सुनाए ।

उनले एशियाली देशहरूको साझा फोटो एसोसिएशन स्थापना गर्न सकिए त्यसले नेपालको पर्यटन प्रवद्र्धनमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गर्दै त्यसका लागि आफू लागिपरेको समेत बताए ।

उनले राज्यले निरन्तर उपेक्षा गर्दा व्यवसायिक फोटो पत्रकारहरुले संघर्षपूर्ण जीवनयापन गर्नुपरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 1 =