थापाथली र गैरीधाराका सुकुम्वासी बस्ती भत्काइयो, अब मनोहराको पालो

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीहरू भत्काइएको छ ।

काठमाडौँ महानगरपालिका तथा सम्बन्धित निकायहरूले थापाथली र गैरीधारी क्षेत्रका सुकुम्वासी बस्तीहरूमा डोजर चलाएर संरचनाहरू भत्काएका छन् ।

बस्तीका बासिन्दाहरूले विरोध जनाए पनि प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै ती स्थानका संरचनाहरू भत्काउने कार्य सम्पन्न गरेको छ ।

शुक्रवार भने सुकुम्वासीहरूले प्रदर्शन गरेका थिए । यसैबीच, मनोहरा क्षेत्रमा रहेको सुकुम्वासी बस्ती यतिबेला निकै त्रासमा छ । त्यहाँका स्थानीयहरू आफ्नो सामानहरू ओसारपसार गरिरहेका छन् र बस्ती कुनै पनि बेला भत्काइने डरमा छन् । प्रशासनले सो क्षेत्रमा पनि डोजर लगाएर संरचना भत्काउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =