डेनमार्कमा दुई रेल एकआपसमा ठोक्किँदा १८ जना घाइते, ५ को अवस्था गम्भीर
२०८३ वैशाख ११ गते

एजेन्सी । डेनमार्कमा बिहीबार दुईवटा स्थानीय रेलहरू एकआपसमा ठोक्किँदा ठूलो क्षति भएको छ । नर्थ जिल्याण्ड प्रहरीकाअनुसार यस भयानक टक्करमा १८ जना घाइते भएका छन् ।
जसमध्ये ५ जनाको अवस्था निकै गम्भीर रहेको छ । प्रारम्भिक रूपमा रेलमा ३८ जना सवार रहेको अनुमान गरिएको भएपनि ड्यानिस ब्रोडकास्टर डीआरको पछिल्लो अद्यावधिक जानकारीअनुसार उक्त संख्या ३७ रहेको पुष्टि भएको छ ।
दुर्घटना कोपेनहेगनबाट ५० किलोमिटर उत्तरमा पर्ने हिलरोड र कागेरुप बीचको ग्रिबस्कोभ लाइनमा भएको थियो । सूचना प्राप्त हुनेबित्तिकै आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा खटाइएको थियो । प्रहरी निरीक्षक मोर्टन पेडरसनले यस घटनालाई अत्यन्तै गम्भीर दुर्घटनाको रूपमा वर्णन गरेका छन् ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अधिकारीहरूले विस्तृत अनुसन्धान सुरु गरिसकेका छन् ।
२०८३ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








