प्रदूषणबाट बच्न स्मार्ट विकल्प: ब्ल्याक+डेकरको ‘एयर प्युरिफायर’ सार्वजनिक

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकासहित प्रमुख सहरहरूमा वायु गुणस्तर सूचकाङ्क (AQI) १५ डिग्री देखि १८ डिग्रीको बीचमा पुगेको छ, जुन स्वास्थ्यका दृष्टिले ‘अस्वस्थकर’ मानिन्छ ।
यही परिस्थितिलाई मध्यनजर गर्दै सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक+डेकरले नेपाली उपभोक्तालाई श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य जोखिमबाट जोगिन घर तथा कार्यालयभित्रको हावा शुद्ध राख्न एयर प्युरिफायर प्रयोग गर्न आग्रह गरेको छ ।
कम्पनीले उपलब्ध गराएको AP3560-B5 मोडलको एयर प्युरिफायरमा ३ तहको फिल्ट्रेसन प्रणाली रहेको छ, जसले PM2.5 जस्ता सूक्ष्म कणहरू हटाउन मद्दत गर्छ । यसअन्तर्गत True HEPA 13 फिल्टरले ९९.९७ प्रतिशत सम्म हानिकारक कणहरू हटाउने, Activated Carbon फिल्टरले दुर्गन्ध र ग्यास सोस्ने तथा Pre-filter ले ठूला धुलोका कण रोक्ने काम गर्छ ।
नेपालमा सिजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध यी उपकरणहरू २ वर्षको वारेन्टीसहित बिक्री भइरहेको जनाइएको छ । कम्पनीले देशभर रहेका शोरुम र अनलाइन माध्यमबाट सजिलै खरिद गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।








