रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

काठमाडाैं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधवार गाबहालबाट तानेर मंगलबजार पुर्याइएको छ । स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा रथ तानेर मंगलबजार पुर्याइएको हो ।

आज बिहीवार मंगलबजारबाट पाटनको सुन्धारामा रथ लगिने कार्यक्रम रहेको छ । जात्रा तालिकाअनुसार आज दिउँसोपछि रथ सुन्धाराका लागि प्रस्थान गर्नेछ ।

मंगलवारबाट विधिवत रुपमा शुरु भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा मंगलवार पुल्चोकबाट तानेर गाबहाल लगिएको थियो । आज बिहानैबाट मंगलबजारमा पूजाआजा गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ ।

स्थानीय बासिन्दाहरूले रथको दर्शन र पूजा अर्चना गरिरहेका छन् । जात्रालाई शान्तिपूर्ण र भव्य रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था पनि मजबुत पारिएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =