अफ्रिकाले विश्व व्यवस्थालाई पुनःसंरचना गर्न थप गतिशील भुमिका खेल्नुपर्छः सेनेगलका राष्ट्रपति

एजेन्सी । सेनेगलका राष्ट्रपति बसिरु डियोमे फेले अफ्रिकाले विश्वव्यापी व्यवस्थाको पुनःसंरचनामा थप गतिशील भुमिका खेल्नुपर्ने र आफ्नो सार्वभौमिकतालाई दृढतापूर्वक स्थापित गर्नुपर्ने बताएका छन् ।

राजधानी डाकार नजिकैको डियाम्नियाडियोमा १०औं डाकार अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा मञ्चको उद्घाटन गर्दै उनले सो धारणा राखेका हुन् । राष्ट्रपति फेकाअनुसार यस वर्षको मञ्चको मुख्य विषयवस्तुले अफ्रिकी देशहरूले महाद्वीपको अस्थिरताको चक्रलाई तोड्न संयुक्त रूपमा उपायहरू विकास गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =