राष्ट्रपतिबाट वैशाख १७ गते संघीय संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपतिले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । यो अधिवेशन बजेट अधिवेशनका रूपमा सञ्चालन हुनेछ ।

संविधानअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । त्यसअघि प्रि–बजेट छलफलसमेत हुने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =