गोकुल बास्कोटाको कटाक्षः रास्वपा अब हाइज्याक हुन मात्रै बाँकी रह्यो

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब हाइज्याक हुन मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् ।

उनले गृहमन्त्री सुधन गुरुङलाई रास्वपाले कुनै कारबाही नगरेपछि रास्वपा अब हाइज्याक हुन मात्रै बाँकी रहेको टिप्पणी गरेका हुन् । बास्कोटाले लेखेका छन्, ‘रास्वपामा अब फाइनल हाइज्याक हुन बाँकी जस्तो देखियो। यद्यपि त्यो उनीहरूको मामिला हो ।’

गृहमन्त्री सुधन गुरुङ विवादास्पद व्यवसायी दीपक भट्टको साझेदार रहेको तथ्य बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको छ । रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीलाई कुनै कारबाही गर्ने निर्णय गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =