गृहमन्त्री सुधन गुरुङको चेतावनी: भ्रष्टाचारविरुद्धको कारबाही रोकिन्न

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्धको कारबाही कुनै पनि हालतमा नरोकिने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा आँखा गाड्नेहरू अहिले डराएको टिप्पणी गरेका छन् ।

उनले पछिल्लो समय देखिएको मिडिया ट्रायल र प्रायोजित हल्लाहरूलाई त्यस्ता समूहहरूको छटपटीको रूपमा व्याख्या गरेका छन् । गृहमन्त्री गुरुङले यस्ता गतिविधिले कारबाही प्रक्रियामा कुनै प्रभाव नपार्ने स्पष्ट पारेका छन् ।

“कारबाही रोकिँदैन, डगमगाइँदैन,” उनले भनेका छन्, “दिनको ५० करोड भ्रष्टाचार गर्नेहरूको पछाडि पनि यत्तिको दृढताका साथ लागिएको देखिएको थिएन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eighteen =