स्थानीय तहमा रास्वपाका उम्मेदवार छनोटको रूपरेखा बनाउने जिम्मेवारी आचार्यलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तयार पार्न सहमहामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको छ ।

सोमबार बसेको सचिवालय बैठकले ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने निर्णय गर्दै उम्मेदवार छनोटका लागि कार्यविधि तयार गर्ने जिम्मा आचार्यलाई दिएको हो ।

आचार्यले यसअघि संघीय संसदको निर्वाचनका लागि पनि उम्मेदवार छनोटको रूपरेखा तयार पारेका थिए । सोही अनुभवलाई आधार बनाउँदै यसपटक थप परिस्कृत र वैज्ञानिक ढंगले प्रक्रिया विकास गर्ने लक्ष्य लिइएको छ ।

रास्वपाले लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचन (प्राइमरी) जस्ता आधारमा उम्मेदवार छनोट गर्ने नीति लिँदै आएको छ ।

यद्यपि, गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने उक्त विधि पूर्ण रूपमा लागू हुन सकेको थिएन । बालेन्द्र शाह समूहसँग एकता गरेर उम्मेदवार टुंग्याउनुपरेकाले निर्धारित रूपरेखा कार्यान्वयनमा आउन नसकेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =