राजदूतहरुद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस (तस्बिरहरू)
२०८३ वैशाख ७ गते

काठमाडौँ । विभिन्न मुलुकका नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राजदूतहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
समारोहमा गाम्बियाका गैरआवासीय राजदूत मुस्तफा जवारा, क्यानडाका गैरआवासीय राजदूत क्रिस्टोफर कुटर, स्लोभेनियाका गैरआवासीय राजदूत तोमाज मेन्सिन र अल्जेरियाका गैरआवासीय राजदूत अब्डेनोर खेलिफीले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई यसअघि लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।
तस्बिरहरू:

२०८३ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित









