गृहमन्त्री सुधन गुरुङ र सभापति लामिछानेबीच भेट, कारबाहीबारे आज निर्णय हुने !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शंकर ग्रुपसँग व्यवसायिक साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि गुरुङ यतिबेला प्रश्नको घेरामा छन् । यही क्रममा उनले सोमबार बिहान सभापति लामिछानेलाई भेटेका हुन् । स्रोतका अनुसार गुरुङ लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेका थिए ।

गोरखा–१ बाट निर्वाचित गुरुङ चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए । पछिल्लो घटनाक्रमसँगै उनलाई कारबाही गर्ने वा नगर्ने विषयमा पार्टीभित्र उच्च तहमा छलफल भइरहेको छ, जसका कारण उनको सक्रियता बढेको देखिएको छ ।

यसैबीच, गुरुङमाथि कारबाही गर्ने/नगर्ने विषयमा आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताइएको छ । साथै, पार्टी अनुशासन आयोगले पनि यसबारे आन्तरिक तयारी अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =