गृहमन्त्री सुधन गुरुङको बिचौलियासँग व्यावसायिक साझेदारी, देलान् राजीनामा ?

काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि सम्पत्ति र व्यावसायिक सम्बन्धलाई लिएर गम्भीर प्रश्न उठेका छन् ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्टसँग उनको सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि विवाद चुलिएको हो ।

सार्वजनिक विवरणअनुसार ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’मा भट्ट र गुरुङबीच व्यावसायिक साझेदारी रहेको उल्लेख गरिएको छ ।

बिचौलियाका रूपमा चिनिएका भट्टसँगको यो सम्बन्ध बाहिरिएपछि राजनीतिक तथा सार्वजनिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + sixteen =