कांग्रेस सभापति गगन थापा र खड्काबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटघाट गरेका छन् ।

सभापति थापा खड्का निवास गोल्फुटार पुगेर उनीसँग भेट गरेको जानकारी महामन्त्री प्रदीप पौडेलले दिएका छन् । भेटघाट भएको विषयलाई दुवै पक्षका सचिवालयले पनि पुष्टि गरेका छन् ।

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले शुक्रबार निर्णय गरेपछि पार्टीभित्र राजनीतिक गतिविधि तीव्र बनेको छ । सोही सन्दर्भमा खड्काको अध्यक्षतामा शनिबार १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको बैठक तथा आइतबार केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो ।

उक्त बैठकले गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति बनेका थापाको काँधमा पार्टी नेतृत्वको जिम्मेवारी पुगेको निष्कर्ष निकालेको थियो ।

यद्यपि खड्का पक्षको बैठकमा आफूहरूले सम्मानजनक स्थान नपाएमा छुट्टै पार्टी गठन गर्ने विकल्पसमेत उठाइएको थियो । त्यसलगत्तै उत्पन्न परिस्थितिमा समन्वयका लागि सभापति थापा खड्कालाई भेट्न उनकै निवास पुगेका हुन् ।

दुवै नेताबीचको भेटलाई पार्टीभित्रको आन्तरिक एकता र सहकार्य मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =