सुशासन सुदृढीकरणमा केन्द्रित हुन मुख्यमन्त्री एवं प्रदेश सभापतिहरुलाई काँग्रेसको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसले प्रदेश सरकारको प्रभावकारिता र सुशासन सुदृढीकरणका विषयमा प्रदेशका मुख्यमन्त्री एवं सभापतिहरुसँग गरेको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा भएको बैठकमा प्रदेश सरकारलाई जनसेवामुखी कसरी बनाउने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता देवराज चालिसेले बताएका हुन् ।

उनकाअनुसार छलफलमा प्रदेश सरकारको प्रभावकारिता, जनअपेक्षा सम्बोधन र सुशासनको सुदृढिकरणको विषयमा छलफल भएको हो ।

उनले अगामी आर्थिक वर्षको बजेट निर्माण, प्रदेश तहबाट जनसमस्याको समाधान र सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा केन्द्रित हुन मुख्यमन्त्री एवं प्रदेश सभापतिहरुलाई निर्देशन दिइएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र विकास र सुशासनका विषयमा छलफल भएको बताए । उनले प्रदेशमा मन्त्रालयहरूको संख्या घटाउन पार्टीले काम गरिरहेको र सोहीअनुसार अगाडि बढ्ने सहमति भएको पनि बताए । ‘प्रदेशको समग्र विकास र सुशासनका विषयमा छलफल भयो । प्रदेशका मन्त्रालयहरु घटाउने विषयमा पनि छलफल भयो । आवश्यक मन्त्रालयहरु राख्नुपर्छ । अहिले हामीले गठबन्धनको सरकार बनाएका छौँ पार्टीले त्यसमा गृहकार्य गरेपछि हामी पनि त्यसमा सल्लाह गर्छौँ । र सकभर सुशासन कायम गर्नतिर हामी उद्धत हुनेछौँ । पार्टीभित्रको विवादको सम्बन्धमा सर्वोच्चको फैसलाअनुसार अगाडि बढ्नुपर्छ’ उनले भने ।

पार्टीभित्रको विवादका सन्दर्भमा सर्वोच्च अदालत को फैसलाअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =