श्रम संस्कृति पार्टीबारे विज्ञहरूको टिप्पणी: सुरुवात राम्रो छ

काठमाडौं । प्राज्ञहरुले हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको गतिविधि राम्रो भएको टिप्पणी गरेका छन् ।
आईतवार ललितपुरमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै प्राडा राजाराम सुवेदी, प्रा.डा. विश्वनाथ भण्डारीलगायतका विषय विज्ञहरुले श्रमदान गरेर देश बनाउने सो पार्टीको नीति सही भएको उल्लेख गर्दै त्यसलाई अझै परिमार्जन गर्दै अघि बढाउनुपर्नेमा जोड दिए । उनले भ्रष्ट हुनबाट बचेर सो पार्टीले आफ्नो गतिविधिलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे ।
देश भनाई र गराईको विभेदले तहसनहसको अवस्थामा पुगेको उल्लेख गर्दै प्रा.डा. भण्डारीले श्रम संस्कृति पार्टीले त्यस्तो अवस्थाबाट मुलुकलाई जोगाउन सक्ने सुरुवाती दिनका गतिविधिहरुले देखाएको दावी गरे ।
उनले श्रम गरेर मुलुकलाई निर्माण गर्ने सो पार्टीको नीति र कार्यक्रम सही भएकाले त्यसमा बौद्धिक समुदायले पनि सहयोग गर्नुपर्ने बताए ।
प्राडा भण्डारीले श्रम संस्कृतिलाई अघि बढाउने काम गरेकाले नै सो पार्टीलाई जनताले राष्ट्रिय दलको मान्यता दिएको पनि स्पष्ट पारे ।









