प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी

काठमाडौँ । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक सुरु भएको छ ।

आइतबार सिंहदरबारमा सो बैठक बोलाइएको हो । बैठकमा प्रतिनिधि सभा सञ्चालन सम्बन्धी कार्यविधिमाथि छलफल भइरहेको छ ।

प्रतिनिधि सभालाई परिवर्तित सन्दर्भमा प्रभावकारी ढंगले सञ्चालन हुने गरी त्यसको नियमावलीको व्यवस्था गर्नका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको नेतृत्वमा सो समिति गठन गरिएको हो ।

समितिका सदस्यहरूले विद्यमान नियमावलीमा धेरै दफाहरूमा संशोधनको आवश्यकता औँल्याएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nineteen =