केपी ओली अस्पतालबाट डिस्चार्ज (तस्बिरहरू)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारपश्चात् अस्पतालबाट घर फर्कनु (डिस्चार्ज) भएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहेका उनी आज उपचारपश्चात् घर फर्किएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहेका थिए ।

उनको शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिनु भएको अस्पतालमा प्रवक्ता डा सेढाईले बताए । गत चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालिएको थियो । गत चैत १४ गते अध्यक्ष ओली अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =