कान्तिभैरव जात्रा: जहाँ भगवान पनि आमाको मुख हेर्न आउँछन् (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा हरेक वर्ष वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयासम्म पाँच दिन मनाइने कान्तिभैरव जात्रा’ बिहीबार मध्यरात देखि सुरु भएको छ ।

काठमाडौंको काँठ क्षेत्रमा रहेको तत्कालीन गोकर्ण गाउँमा राजा मानदेवको पालादेखि मनाइँदै आइएको यस जात्राको आफ्नै अस्तित्व र महत्त्व छ ।

‘कान्तिभैरव जात्रा’ लिच्छवी राजा अंशुवर्माको दरबार रहेको मानिने गोकर्णको पुरानो नेवार बस्ती ‘देशे’मा रहेको भैरवको कथासँग जोडिएको छ ।

डुकुलाछीस्थित मन्दिरमा रहेका भगवान् भैरव, उत्तर बाहिनीमा रहेकी आफ्नी आमा कान्ति भैरवीको मन्दिरमा आमाको मुख हेर्न सगुनसहित खानेकुरा लिएर जाँदादेखि सुरु हुने जात्रा अक्षय तृतीयको दिन समाप्त हुन्छ ।

भगवान् भैरव आफ्नी आमाको मुख हेर्न सगुन, भाते द्व (भातको देउता) र बाजागाजासहित जाने परम्परालाई परापूर्व कालदेखि यो जात्राले समेट्दै आएको छ ।

यसरी आमाको मुख हेर्न आएका भैरवलाई गाउँको सबै टोल घुमाई साँझ आफ्नै मन्दिर भएको स्थानमा लगिन्छ र त्यो दिनको जात्रा सकिन्छ ।

यसैगरी, निरन्तर ५ दिन सम्म भैरवको खट गाउँ टोल घुमाएपछि अक्षत तृतीयको दिन भैरवलाई आफ्नै मन्दिरमा राखेपछि जात्रा विधिवत् रूपमा समापन हुन्छ ।

तस्बिरहरू :

kanti bhairab jatra mk kanti bhairab jatra mk

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =