माइतीघरमा नारा: बाँच्न दे सरकार ! (तस्बिरहरू)

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र यातायात भाडा बढाइएको विरोधमा उत्रिएका विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए

काठमाडौँ । विभिन्न विद्यार्थी सङ्गठनहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र यातायात भाडा बढाइएको विरोधमा उत्रिएका विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

विद्यार्थीहरूले ‘नयाँ वर्षको उपहार, महँगी नदेऊ सरकार, बाँच्न दे सरकार !, मन्त्रीहरूको सुनै सुन, जनतालाई छैन खाने नुन, महँगी, कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले मूल्यवृद्धि तत्काल फिर्ता लिन, बजार अनुगमन कडा बनाउन तथा सर्वसाधारणको जीवनयापन सहज बनाउन माग गरेका छन् ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =