अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण झन्डै दुई सय जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा विगत १८ दिनमा आएको वर्षा र बाढीका कारण झन्डै २०० जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका प्रवक्ताका अनुसार विगत १८ दिनमा भारी वर्षा, हावाहुरी र विनाशकारी बाढीले १ सय ८९ जनाको ज्यान लिएको छ ।

९ जना बेपत्ता छन् र अन्य २५३ जना घाइते भएका छन् । आधिकारिक रेडियो र टेलिभिजन अफगानिस्तानले हाफिज मोहम्मद युसुफ हम्मादलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका हुन् । अधिकारीकाअनुसार वर्षा र बाढीका कारण कुल १ हजार ३०३ घर ध्वस्त भएका छन् र ५ हजार ८ सय भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ ।

अफगानिस्तानका मुख्य भागहरूमा मार्च २५ देखि भारी वर्षा, शक्तिशाली हावा र आकस्मिक बाढी देखिएको छ र मौसम विभागले मंगलबार देशका ३४ मध्ये १४ प्रान्तमा थप वर्षा हुने पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seventeen =