अमेरिका र इरानबीचको युद्धविराममा पाकिस्तानले शान्ति प्रयास जारी राख्छः प्रधानमन्त्री

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीचको युद्धविराम यथावत रहेको बताएका छन् । साथै उनले यस क्षेत्रमा संवाद सहज बनाउन र स्थायी शान्ति प्रवद्र्धन गर्न पाकिस्तानले आफ्ना प्रयासहरू जारी राख्नेसमेत उल्लेख गरे ।

संघीय मन्त्रिपरिषद्लाई टेलिभिजनमार्फत सम्बोधन गर्दै शरीफले आजका दिनमा पनि युद्धविराम कायम रहेको र बाँकी रहेका विवादित विषयहरू समाधानका लागि प्रयासहरू भइरहेका बताए ।

उनले हालै सम्पन्न इस्लामावाद वार्तालाई एक ऐतिहासिक क्षणका रूपमा चित्रण गर्दै यसले मडारिरहेको युद्धको बादललाई स्थायी शान्तिमा बदल्ने अवसर प्रदान गरेको बताए ।

इस्लामावाद वार्ताको सन्दर्भमा बोल्दै उनले इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच २१ घण्टासम्म प्रत्यक्ष आमनेसामने वार्ता भएको जानकारी दिए । उनले यसलाई कुटनीतिक संलग्नताको दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =