चैत २९ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग

वि.सं. चैत २९, २०८२ । इ.सन् 12 Apr, 2026 । शक संवत् १९४७ । नेपाल संवत् ११४६ (चौलागा) रौद्र संवत्सर उत्तरायण वसन्त ऋतु । आइतवार वैशाख कृष्णपक्ष ।तिथि दशमी, २१:४९ बजेपछि एकादशी । नक्षत्र श्रवण, १२:१२ बजेपछि धनिष्ठा । योग साध्य, १५:३७ बजेपछि शुभ । करण वणिज, ९:३४ बजेपछि भद्रा, २१:४९ बजेउप्रान्त वव । चन्द्रराशि मकर । योग (आनन्दादि) गद । दिनमान १२:४१ । सूर्योदय ५:४५ । सूर्यास्त १८:२६ । दिन विशेष :  भद्रा ९:३४ देखि २१:४९ बजेसम्म। धनिष्ठा पञ्चक २४ ४४ बजे प्रारम्भ। विश्व ज्योतिष महासंघ स्थापना दिवस।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ योजना सुरु गर्न सकिनेछ। प्रतिस्पर्धात्मक काममा सफलता पाउने सम्भावना देखिन्छ। व्यवहारमा संयमता राख्नुहोस्। यात्राको योग बन्न सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक पक्षमा खर्च बढ्ने संकेत छ। अनावश्यक खर्चमा नियन्त्रण गर्नु उपयुक्त हुनेछ। नयाँ काम सुरु गर्दा योजना स्पष्ट बनाएर अगाडि बढ्नुहोस्। मेहनत लागे पनि परिणाम हजुरको पक्षमा हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा तीव्रता आउनेछ। अधुरा काम पूरा गर्न अनुकूल समय रहेको छ। साथीभाइ वा सहकर्मीहरूबाट सहयोग मिल्न सक्छ। स्वास्थ्यमा थकानको अनुभूति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आत्मविश्वासमा वृद्धि हुनेछ। काममा हतार गर्दा गल्ती हुन सक्छ सावधान रहनुहोला। पेशागत क्षेत्रमा नयाँ चुनौती आउला। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सम्मान बढ्नेछ। नयाँ योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा लगनशीलता देखिनेछ। चुनौतीपूर्ण कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आफ्नो लक्ष्यप्रति स्पष्ट दृष्टिकोण राख्दा राम्रो उपलब्धि मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्नेछ। जोखिमपूर्ण काम गर्दा सावधानी अपनाउनुहोस्। आफ्नो काम प्रति समर्पण भाव राख्नुहोस्। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो क्षमतामा विश्वास राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। उत्साह र ऊर्जाले भरिएको दिन रहनेछ। आर्थिक पक्षमा सुधारका संकेत देखिनेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसिक रूपमा सकारात्मकता बढ्नेछ। घर परिवार र आफन्तहरूको मध्य रमाइलो भोजनको आनन्द मिल्ला। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि अनुभवी व्यक्तिहरूसँग सल्लाह लिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा प्रगति हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। भविष्यको लागि दिगो लाभ हुने कामको जग बसाउने अवसर मिल्नेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बाध्यात्मक परिस्थितिले समस्या निम्तिएला सावधान रहनुहोस्। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउलान्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पहिलाको सफलताले थप हौसला जगाउनेछ। शत्रु र रोगबाट छुटकारा पाइनेछ। मुद्दा मामलामा आफ्नो पक्ष बलियो रहनेछ। अध्ययनमा गुरुजनहरूको मार्गदर्शन उपयोगी सिद्ध हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =