नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन विवाद

तत्काल मताधिकारसहितको अधिकार प्रदान गर्न १८ बस्तुगत संघको माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघबाट सदस्यातासम्बन्धमा पाटन उच्च अदालतबाट अन्तरिम आदेश पाएका बस्तुगत संघहरुले आफूहरूलाई तत्काल मताधिकारसहित अधिकार माग गरेका छन् ।

बिहीबार पाटन उच्च अदालतबाट १८ वटा बस्तु संघलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश भएसँगै उनीहरूले शुक्रवार पत्रकार सम्मेलन गरेर महासंघको विधानअनुसार निर्वाचनमा सहभागी हुनको लागि एउटा साधारण सभामा भाग लिएको हुनुपर्ने बताएका हुन् ।

अदालतबाट हिजो मात्रै न्याय पाएका १८ बस्तुगत संघले महासंघको यसअघिको विशेष साधारण र ५९औँ वार्षिक साधारण सभामा भाग लिइसकेका छन् । साथै, उनीहरूले सदस्यताका दस्तुर तिरिसकेका छन् ।

अदालतले सदस्यतालाई मध्यनजर गर्दै महासंघको आसन्न ६०औँ वार्षिक साधारण सभामा सहभागी गराउनु भन्ने अन्तरिम आदेश जारीगरेसँगै १८ बस्तु अदालतको निर्णयअनुसार मताधिकारसहित आफूलाई चुनावी प्रक्रियामा सहभागी गराउन माग गरेका हुन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =