हर्मुजमा ट्याङ्कर पारवहन शुल्क नलिन इरानलाई ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार इरानलाई हर्मुज जलडमरूमध्यबाट गुज्रिने ट्याङ्करहरूबाट शुल्क लिन बन्द गर्न चेतावनी दिएका छन् । इरानले त्यस्तो शुल्क उठाइरहेको छ भने उसले तत्काल रोक्नुपर्ने ट्रम्पको भनाइ छ ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इरानले हर्मुज जलडमरूमध्य भएर जाने ट्याङ्करहरूबाट शुल्क लिइरहेको रिपोर्टहरू आएको र त्यसो नगर्नु नै उनीहरूको लागि राम्रो हुने बताए ।
यसअघि बुधवार ट्रम्पले एबीसी न्युजसँग कुरा गर्दै विश्वको करिव २० प्रतिशत तेल ढुवानी हुने यस महत्वपूर्ण जलमार्गबाट गुज्रिने जहाजहरूबाट टोल (शुल्क) उठाउन इरानसँग संयुक्त उपक्रम स्थापना गर्नेबारे विचार गरिरहेको बताएका थिए ।
उनले यस प्रश्तावलाई एक सुन्दर पक्षको संज्ञा दिएका थिए । द वाल स्ट्रिट जर्नल’को बिहीवारको रिपोर्ट अनुसार, इरानले सो जलडमरूमध्य भएर जाने तेल ट्याङ्करहरूलाई प्रति ब्यारेल १ अमेरिकी डलर पारवहन शुल्क तिर्न माग गरिरहेको छ । हाल सो जलमार्गमा सामुन्द्रिक आवागमन निकै न्युन छ ।








