प्रधानमन्त्रीसंग श्रमदान गर्ने धोको छ: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री सङ्ग श्रमदान गर्ने धोको रहेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै साम्पाङले असिना र पसिन, धुस्रै र फुस्रै हुँदै प्रधानमन्त्री सङ्ग श्रमदान गर्ने धोको रहेको बताएका हुन् ।
उनले लेखेका छन् ‘खोसेको रोटीले मेरो पेट भरिन्न ! मागेको धोतीले मेरो लाज छोपिन्न ! प्रधानमन्त्री ज्यु सङ्ग श्रमदान गर्ने धोको छ क्या असिना र पसिन धुस्रै र फुस्रै’
उनले खोसेको रोटीले पेट नभरिने र मागेको धोतीले लाज छोपिने भन्दै व्यङ्ग्यात्मक रूपमा विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्न नहुने बताएका हुन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको थियो ।









