२०८२ मा सबैभन्दा बढी कमाउने फिल्म ‘परान’, ‘माग्ने राजा’ कहाँ परे ? (सूचि)

काठमाडौँ । यस वर्ष ५६ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । जसमध्य नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ २०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ ।

चलचित्र विकास बोर्डद्वारा सार्वजनिक चालु वर्षको वार्षिक समरी २०८२ को रिपोर्ट अनुसार ‘परान’ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कमाएको छ । यस चलचित्रको ६ लाख ३० हजार ६९१ वटा टिकट बिकेका छन् ।

त्यसैगरि यसवर्ष धेरै कमाउने फिल्मको दोस्रो स्थानमा पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘आबाट आमा’ रहेको छ । त्यसैगरि अनमोल केसीको ‘जेरी अन टप’ तेस्रोमा छ भने चौथोमा ‘ऊनको स्विटर’ रहेको छ ।

चलचित्र विकास बोर्डका अनुसार देशभर ८ वटा नयाँ सिनेमा हल दर्ता भएका छन् भने हाल सञ्चालनमा रहेका कुल हल संख्या १७२ पुगेको छ ।

व्यापारिक तथ्याङ्कतर्फ हेर्दा नेपाली चलचित्रले यस वर्ष रु. १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० बराबरको व्यापार गरेको छ । नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ३७ लाख ८१ हजार ५४४ रहेको बोर्डले जनाएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय चलचित्रतर्फ रु. १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ बराबरको कलेक्सन भएको छ भने ३३ लाख २२ हजार ७५७ टिकट बिक्री भएको तथ्याङ्कमा उल्लेख छ । तथ्यांकअनुसार यो वर्ष ४ लाख ५८ हजार ७ सय ७८ जना बढी दर्शकले स्वदेशी चलचित्र सिनेमा हल गएर हेरेका छन् ।

यि हुन् २०८२ मा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म:

१) परान: १७ करोड ७६ लाख ८४ हजार ४१० नेरु ग्रस

२) आबाट आमा: १३ करोड १३ लाख ७८ हजार ५२० नेरु ग्रस

३) जेरी अन टप: १२ करोड २८ लाख ८४ हजार नेरु ग्रस

४) उनको स्विटर: ११ करोड ४१ लाख ९२ हजार १९५ नेरु ग्रस

५) जारी २: ६ करोड २४ लाख १७ हजार ४५३ नेरु ग्रस

६) बलिदान: ५ करोड १० लाख ५१ हजार १७२ नेरु ग्रस

७) मोहर: ५ करोड ८ लाख ९५ हजार ५१२ नेरु ग्रस

८) हरिबहादुरको जुत्ता: ४ करोड ७१ लाख ३८ हजार ६८७ नेरु ग्रस

९) माग्ने राजा: ४ करोड ६९ लाख ४३ हजार ६५१ नेरु ग्रस नेरु ग्रस

१०) माइतीघर: ४ करोड १६ लाख ३१ हजार ८६३ नेरु ग्रस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =