किताब बेचेर कारखाना चलाउने विषयमा गरिएको टिप्पणी दुख लाग्दो : महावीर पुन 

काठमाडौं । सांसद महावीर पुनले आफ्नो आत्मकथा किताब बेचेर कृषि कारखाना चलाउने संकल्पमाथि गरिएको टिप्पणी दखद् रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै कुनै एक विद्वान वैज्ञानिकले अंग्रेजी भाषामा गरेको टिप्पणी दुखलाग्दो रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘दुख लाग्यो– विदेशका विश्वविद्यालयहरुमा धेरै नै पढेका एक जना एकदमै विद्वान वैज्ञानिक अनुसन्धानकर्ता डाक्टर साहबले महावीर पुनले आफ्नो आत्मकथाको किताब बेचेर कारखाना चलाउँदा नेपाललाई फाइदा छ कि छैन भन्ने कुरामा गहन अनुसन्धान नगरेर कुरै नबुझीकन अंग्रेजी भाषामा गरेको  गरेको टिप्पणी देख्दा ।’

उनले सो टिप्पणी कसले गरेका हुन् भनेर खुलाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =