महिला उद्यमी व्यापार मेला सुरु, १४० स्टलमा उद्यमशीलताको प्रदर्शन (तस्बिरहरू)

करिब १४० स्टलमा हस्तकला, ढाका, प्राकृतिक रेसाजन्य सामग्री, जैविक खाद्य पदार्थ लगायतका उत्पादनहरू प्रदर्शनमा राखिएका छन्

काठमाडौँ। महिला उद्यमी महासङ्घ नेपाल (FWEAN) द्वारा आयोजित ९औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ ललितपुरको हेरीटेज गार्डेन मा  चैत्र २० गते (आज) देखि सुरु भएको  छ।

तीन दिन सम्म चल्ने मेलाको  उद्घाटन उपराष्ट्रपति राम सहाय प्रसाद यादव ले गरेका हुन् ।  उद्घाटनको क्रममा उनले महिला उद्यमशीलताले रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढ बनाउन सहयोग गर्ने बताएका थिए ।

मेलामा देशभरका महिला उद्यमीसहित अन्तर्राष्ट्रिय सहभागिता रहेको छ। करिब १४० स्टलमा हस्तकला, ढाका, प्राकृतिक रेसाजन्य सामग्री, जैविक खाद्य पदार्थ लगायतका उत्पादनहरू प्रदर्शनमा राखिएका छन् ।

महिला उद्यमीहरूको उत्पादनको प्रवर्द्धन, बजार विस्तार र नेटवर्किङलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गरिएको मेलामा कार्यशाला, B2B/B2C कार्यक्रम तथा “Fiber to Fashion” र्‍याम्प वाक पनि समावेश गरिएको छ।

तस्बिरहरू:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =