हास्य कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप

काठमाडौँ । लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनी’का चर्चित कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको आरोप लागेको छ ।

शुक्रबार बिहान एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफूमाथि अमेरिकामा बलात्कार भएको दाबी गरेकी छन् ।

पीडित युवतीले उक्त घटना करिब एक वर्षअघिको भएको बताएकी छन् । आफु गम्भीर डिप्रेसन र एन्जाइटीको सामना गरिरहेको र अस्पतालबाट डिस्चार्ज भएर घरमै स्वास्थ्य लाभ गरिरहेको बेला आफूमाथि बलात्कार भएको बताएकी छन् ।

उक्त समयमा नेपालबाट उनको परिवारसँग वर्षौँदेखि जोडिएका केही व्यक्तिहरू अमेरिका आएका थिए । परिवारले आफूसँग नजिकका मान्छे भेट्दा मन हल्का हुने आशा राखेर ती व्यक्तिहरूसँग भेट गराउन सुझाएका थिए ।

युवतीका अनुसार उनले दाइ नाता लगाउने व्यक्ति सागर लम्साललाई १० वर्षभन्दा अघि देखि चिन्थिन् । भेटघाटका क्रममा लम्सालले “तिमी बस्ने ठाउँ हेरौँ” भनेपछि युवतीले विश्वास गरेर उनलाई आफ्नो अपार्टमेन्टमा लगेकी थिइन् ।

उक्त घटनाबारे युवतीले फेसबुकमा लेखेकी छिन्, ‘म आफ्नो मानसिक स्वास्थ्यको संघर्ष सुनाउँदै रुँदै थिएँ, तर मैले दाइ ठानेको मान्छे त राक्षस रहेछ । म बलात्कृत भएँ ।’

पीडितले लामो समयसम्म परिवारको इज्जत र आफ्नो मानसिक अवस्थाका कारण यो कुरा लुकाइरहेको तर अहिले जीवन जिउँदो लास जस्तो भएकोले हिम्मत जुटाएर सार्वजनिक गरेको उल्लेख गरेकी छिन् । स्टाटसको अन्त्यमा उनले सागर लम्साललाई लक्षित गर्दै लेखेकी छिन्, ‘कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?’

उनी न्याय पाउनेमा शङ्का व्यक्त गर्दै दोषीले आफ्नो गल्तीको परिणाम भोग्नुपर्ने र अरू कोहीको साथ यस्तो अन्याय नहोस् भन्ने उद्देश्यले यो कुरा सार्वजनिक गरेको बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + five =