बादलले पार्टीको नीति र मान्यता विपरीत संसदमा बोले: विष्णु पौडेल
२०८२ चैत १९ गते

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा पार्टीका संसदीय दलका नेताद्वारा व्यक्त विचारप्रति असन्तुष्टि जनाएका छन् ।
पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) का संसदीय दलका नेता नेता रामबहादुर थापाले व्यक्त गरेको धारणा पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेको बताएका हुन् ।
उनले उक्त विषयमा भोलि बस्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकमा गम्भीर रूपमा छलफल हुने र उपयुक्त निर्णय गरिने अपेक्षा व्यक्त गरेका छन् ।
एमालेभित्र शीर्ष नेताहरूबीच विचार फरक देखिएको सन्दर्भमा पौडेलको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
२०८२ चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित









